भाटभेटनीले रुकुम पश्चिममा पठायो ४ लाख २० हजार केजी चामल
शनिबार जाजरकोटमा पनि पठाउने
शनिबार, १५ वैशाख २०८१, १५ : २३
काठमाडौँ । भाटभटेनी सुपरमार्केटले ४ लाख २० हजार केजी चामल राहतस्वरुप भूकम्पपीडितहरूका लागि रुकुम पश्चिम पठाएको छ । मुख्य परिचालन अधिकारी पानु पौडेलका अनुसार ४० लाख रुपैयाँ बराबरको चामल भूकम्प प्रभावित क्षेत्रमा पठाइएको हो ।
पौडेलका अनुसार सो चामल रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरिएको छ । राहतको चामल भूकम्पबाट प्रभावित सानी भेरी गाउँपालिका, आठबीसकोट नगरपालिका र चौरजारी गाउँपालिकामा वितरण गरिनेछ । यही परिणामको चामल शनिबार जाजरकोट पुर्याइने पौडेलले रातोपाटीलाई बताए ।
यसअघि सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले भूकम्प पीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँको चेक हस्तान्तरण गरिसकेका छन् ।