मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

सबैलाई समेटेर एन्फालाई गतिशील बनाउने अध्यक्ष नेम्वाङको प्रतिबद्धता

शनिबार, २७ माघ २०८०, १९ : २४
शनिबार, २७ माघ २०८०

हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङले नेपाली फुटबलको विकासका लागि सबैको साथ र सहयोगको आवश्यकता रहेको बताएका छन् । बिहीबार एन्फाको हेटौंडामा भएको विशेष साधारण सभामा आफूविरुद्ध परेको अविश्वासको प्रस्ताव अस्वीकृत भएपछि सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै अध्यक्ष नेम्वाङले सबैलाई समेटेर एन्फालाई गतिशील बनाएर फुटबलको विकासमा अघि बढ्ने बताए ।

आफ्नो पद सुरक्षित भएपछि उनले अमुक व्यक्तिबाट एन्फा चलाउन खोज्ने मानसिकता भएकाहरुको हार भएको बताए । निर्वाचनबाट कार्यसमिति निर्माण भएको छोटो समयमै आफूमाथि अविश्वासको प्रस्ताव दर्ता हुँदा आश्चर्यचकित भएको उनले प्रतिक्रिया दिए ।

‘डेढ वर्ष नपुग्दै अविश्वासको प्रस्ताव आउनुले म आफैलाई आश्चर्यचकित बनाएको छ । अविश्वासको प्रस्तावले नेपाली फुटबलको विकास हुन सक्दैन ।’ उनले भने, ‘अध्यक्षको जिम्मेवारी सम्हाल्दै गर्दा विगतमा भएका विभिन्न आर्थिक कारोबारका विषयहरुलाई समाधान गरिसकेका छौँ । विगतमा १४÷१५ करोडको दायित्व थियो । धेरै ऋणहरु तिरिसकेका छौँ । विधि र नियमसम्बत् इमान्दारपूर्वक काम गरिरहेका छौँ ।’

उनले एन्फा र फुटबलको विकासका लागि आगामी दिनमा एक भएर अघि बढ्नुपर्ने बताए । ‘जे जे भयो अब सकियो । हामी सबै एउटै परिवारको सदस्य हौँ । असन्तुष्ट साथीहरुको असहमति चिर्ने प्रयास गर्नेछु । फुटबलको विकासमा उहाँहरु पनि चाहिन्छ, फुटबलको परिवार एकजुट हुनु आवश्यक छ ।’ उनले भने ।

बिहीबार भएको एन्फा अध्यक्ष नेम्वाङ माथिको अविश्वासको प्रस्तावको मतदानमा बहुमतले अस्वीकार भएको छ । मतदान अधिकार प्राप्त ८६ जनामध्ये ५३ जनाले मतदान गरेका थिए । खसेको कुल मतमध्ये ५२ मत नेम्वाङलाई नहटाउने भन्नेमा परेको थियो । एक मत भने बदर भएको थियो ।

३४ जनाले मतदान प्रक्रियामा सहभागिता नै जनाएनन् । उनीहरुले मतदान प्रक्रिया बहिष्कार गरेको घोषणा गरेका थिए । भदौ २५ मा एन्फाका ८७ मध्ये ४९ सदस्यले अध्यक्ष नेम्वाङको बर्खास्ती माग गर्दै अविश्वास प्रस्ताव पेश गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप