आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

श्रीमती महतारालाई ‘नइ कपिल विद्यापदक’

शनिबार, २७ माघ २०८०, २३ : ०९
शनिबार, २७ माघ २०८०

काठमाडौँ । नइ प्रकाशनले  हुम्ला जिल्लाकी सर्वोत्कृष्ट छात्रा श्रीमती सविता महतारालाई तीस हजार रुपियाँ राशिसहित ‘नइ कपिल विद्यापदक’ समर्पण गर्ने निर्णय गरेको छ ।

नइ प्रकाशनका कुलपति श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो । २०७९ सालको बाह्र कक्षाको परीक्षामा महतारा हुम्ला जिल्लाकी सर्वोत्कृष्ट छात्रा भएकी थिइन् ।

राष्ट्रिय परीक्षा बोर्डले जनाएअनुसार श्रीमती महताराले सूर्योदय उच्च माध्यमिक विद्यालयमा अध्ययन गरी हुम्ला जिल्लाबाट बाह्र कक्षामा छात्रातर्फ सबैभन्दा धेरै नम्बर २.९५ जीपीए ल्याएकी थिइन् ।

‘नइ कपिल विद्यापदक’ डा.कपिलदेव उपाध्यायका सम्मानमा नइ प्रकाशनले स्थापना गरेको हो । छात्राहरूलाई मात्र प्रदान गरिने नइ विद्यापदक अरू दुर्गम जिल्लामा पनि विस्तार गर्दै लाने नइ प्रकाशनले लक्ष्य राखेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप