काठमाडौँबाट होटल सञ्चालकसहित ७ जना जुवा खेल्दाखेल्दै पक्राउ
आइतबार, १६ वैशाख २०८१, १२ : ०६
काठमाडौँ । काठमाडौँबाट होटल सञ्चालकसहित ७ जना जुवाडे पक्राउ परेका छन् । बिहीबार राति काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित होटल सुर्खेत भ्याली भ्यू एण्ड रेष्टुरेण्टका सञ्चालकसहित ७ जना जुवा खेल्दा खेल्दै पक्राउ परेका हुन् ।
सुर्खेत वीरेन्द्रनगर नगरपालिका–९ घर भएका ५१ वर्षीय मुकुन्द गुरुङले सञ्चालन गरेको उक्त होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले जुवाखालबाट नगद १ लाख ५३ हजार रूपैयाँ र १० प्याकेट तास समेत बरामद गरेको छ।