कास्की : तिहारमा पटका पड्काए कारबाही हुने, देउसी भैलो ९ बजेसम्म मात्रै
सोमबार, २९ माघ २०८०, ०८ : ०१
पोखरा । तिहारको लागि पटका किन्ने सोचमा हुनुहुन्छ ? होसियार ! कडा कारबाही हुन सक्छ । कास्की प्रहरीले दीपावली, तिहार एवं छठ पर्वमा विभिन्न किसिमका पटका, आतसबाजी, लगायत विस्फोटक पदार्थजन्य सामग्री पड्काउन निषेध गरेको छ ।
'विष्फोटकजन्य पदार्थ ओसारपसार, बेचबिखन र नपड्काउन अनुरोध छ,' प्रहरीको सूचनामा भनिएको छ, 'नियमको पालना नगरेमा कारबाही गरिनेछ ।'
कास्की प्रशासनले देउसी भैलो कार्यक्रमलाई मर्यादित बनाउन राति ९ बजेसम्म मात्रै सञ्चालन गर्न अनुरोध गरेको छ ।