आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपालमा भित्रिएको वैदेशिक लगानी सन्तोषजनक छैन : डेपुटी गभर्नर ढुङ्गाना

शुक्रबार, २५ फागुन २०८०, ११ : २५
शुक्रबार, २५ फागुन २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगानाले नेपालमा भित्रिएको वैदेशिक लगानी सन्तोषजनक नभएको बताएकी छन् । शुक्रवार नेपाल उद्योग परिसंघ (सीएनआई) ले आयोजना गरेको बजेट वाच कार्यक्रममा बोल्दै डेपुटी गभर्नर ढुंगानाले यस्तो बताएकी हुन् ।

उनले विदेशी लगानी आकर्षित गर्ने सम्बन्धित सरकारी निकायहरुले समन्वयकारी भुमिकामार्फत झन्झट हटाउन आवश्यक रहेको बताइन् । उनले राष्ट्र बैंकले वैदेशीक लगानीका झन्झटीला प्रक्रिया हटाउने विषयमा काम गरिरहेको जानकारी दिइन् । उनले विदेशी लगानी आकर्षणको लागि नीतिगत सुधारमा सबैले पहल गर्न आवश्यक रहेको बताइन् । उनले गत आर्थिक वर्षमा ७ अर्ब रुपैयाँ मात्रै विदेशी लगानी भित्रिएको तथ्यांक रहेको भन्दै यो सन्तोषजनक नभएको बताए ।

उनले आर्थिक वर्ष २०७८/७९मा १८ अर्ब ५६ करोड र  २०७९/८०मा ७ अर्ब ७० करोड विदेशी लगानी आएको बताइन् ।  ढुंगानाले चालु आर्थिक वर्षको दुई महिनामा २ अर्ब ९९ करोडको विदेशी लगानी आएको बताउँदै विदेशी लगानीको लागि हेजिङ सुविधा नेपालमा लागू हुनसके विदेशी लगानी र ऋण प्रोत्साहित हुने बताइन् । उनले क्रेडिट रेटिङ गर्ने कुरामा विदेशीहरुले पनि कुरा उठाउने गरेको भन्दै क्रेडिट रेटिङ नहुँदा विदेशी लगानी आउन सकेको बताइन् । क्रेडिट रेटिङ गर्ने कामको शुरुवात गर्न  सम्बन्धित निकायहरुको समन्वयकारी भूमिका आवश्यक रहेको बताउँदै उनले नेपाल राष्ट्र बैंक सँधै यो विषयमा सकारात्मक रहेको बताइन् ।

उनले भनिन्– ‘आर्थिक वर्ष २०७८/७९मा १८ अर्ब ५६ करोड विदेशी लगानी आएको थियो भने २०७९/८० मा ७ अर्ब ७० करोड विदेशी लगानी आएको थियो । पछिल्लो समय विदेशी लगानी ठूलो मात्रामा घटेको अवस्था छ । चालु आर्थिक वर्षको दुई महिनामा २ अर्ब ९९ करोडको विदेशी लगानी आएको छ । अहिलेको विदेशीलाई सन्तोष मान्ने अवस्था छैन । धेरै कुराहरुमा सुधार गर्नुपर्ने आवश्यकता छ ।’

ढुंगानाले वाणिज्य बैंकहरुमा एफडी राखेर ब्याज आर्जन गर्ने त्यसैमा लगानीको मुख्य स्रोत विदेशी लगानी नै हो भन्ने तरिकाले चलिरहेको भन्दै त्यसमा सुधार हुन आवश्यक रहेको बताइन् । त्यसलाई पूर्वाधार र उत्पादनशील क्षेत्रमा लगानी गर्नसके आर्थिक विकासमा ठूलो सहयोग पुग्ने उनको भनाइ थियो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप