सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सहिष्णुता र सद्भावको कुरामा प्रदेश सरकार गम्भीर छ : मुख्यमन्त्री कार्की

शुक्रबार, २५ फागुन २०८०, १२ : ०१
शुक्रबार, २५ फागुन २०८०

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशमा सहिष्णुता, सद्भाव र समाज सुधारको कुरामा प्रदेश सरकार गम्भीर भएर लाग्ने बताएका छन् । 

फाल्गुनन्दको १३९ औँ जन्म जयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले फाल्गुनन्दको कार्यको प्रेरणा प्राप्त हुने कुरामा प्रदेश सरकार विश्वस्त रहेको बताएका हुन् । 

‘हाम्रो देश धार्मिक, सामाजिक र सांस्कृतिक विविधताले युक्त छ । महागुरु फाल्गुनन्दका उपदेश र मार्गदर्शन सर्वदा शाश्वत, सार्वभौम र सार्वजनीन रहिआएका छन् । हामीले आफ्ना जीवनमा यी उपदेश र मार्गदर्शनको परिपालन गर्न सके समाज र राष्ट्रमा समन्वय, एकता, सहिष्णुता र सद्भाव चिरस्थायी हुने कुरामा शङ्का छैन । उहाँले समाज सुधारका निम्ति १९८८ वैशाख २४ मा स्थापना गर्नुभएको ‘सत्य धर्म मुचुल्का’को नीतिलाई विश्व समुदायले अनुसरण गरिरहेको छ,’ शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।
 
महागुरु फाल्गुनन्दले किराँत भाषा, लिपि, धर्म, संस्कार र संस्कृतिमा पुर्‍याएको महत्त्वपूर्ण योगदानको उच्च कदर गर्दै नेपाल सरकारले उनलाई राष्ट्रिय विभूति घोषणा गरेको छ ।

386439669_2072459396457117_4636687564405071152_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप