आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अभिनेत्री रश्मिकाको डीपफेक भिडियो प्रकरणमा एफआईआर दर्ता

शुक्रबार, २५ फागुन २०८०, १२ : १४
शुक्रबार, २५ फागुन २०८०

नयाँ दिल्ली । दिल्ली पुलिसले अभिनेत्री रश्मिका मन्दानाको डीपफेक भिडियो मामिलामा एफआईआर दर्ता गरेको छ। समाचार एजेन्सी एएनआईका अनुसार विशेष सेल पुलिसले घटनाको अनुसन्धान गरिरहेको छ।

गत नोभेम्बर ६ मा सामाजिक सञ्जालमामा एक भिडियो भाइरल भयो, जसमा रश्मिका लिफ्टमा देखिएकी छिन्। ती केटी रश्मिका जस्तो देखिन्छन्। तर, उनी रश्मिका भने होइनन् । उनी जारा पटेल नामकी युवती हुन् । उनको अनुहार रश्मिकाको अनुहारमा परिवर्तन गरिएको थियो ।

यसबारे रश्मिकाले सामाजिक सञ्जालमा प्रविधिको दुरुपयोगको कारण खतराबारे चिन्ता व्यक्त गरेकी थिइन् । उनीले लेखेकी छिन्, ‘त्यस्ता कुराहरू मेरो लागि मात्र होइन, प्रविधिको दुरुपयोगका कारण असुरक्षित भएकाहरूका लागि पनि खतरनाक हुन्छन् । आज, एक महिला र एक अभिनेताको रूपमा, मलाई समर्थन गर्ने मेरो परिवार, साथीहरू र शुभचिन्तकहरूप्रति आभारी छु। तर यदि म स्कूल वा कलेजमा छँदा मलाई यो भएको भए, म वास्तवमै यसको सामना कसरी गर्ने थिएँ भनेर म भन्न सक्दिनँ। धेरै मानिसहरू प्रभावित हुनु अघि हामीले समुदायको रूपमा यसलाई छिटो सम्बोधन गर्न आवश्यक छ ।’

यो भिडियोमा देखिएका वास्तविक युवती जारा पटेलले पनि नोभेम्बर ७ मा प्रतिक्रिया दिएकी थिइन् । जाराले यस डिपफेक भिडियो विवादमा आफ्नो कुनै संलग्नता नरहेको बताइन् । यो घटनाबाट उनी निकै विचलित भएकी छिन् । जाराले भनिन्, ‘यदि यस्तै रहिरह्यो भने भविष्यमा केटी र महिलाले सामाजिक सञ्जालमा आफ्नो तस्बिर र भिडियो सेयर गर्न बन्द गर्नेछन् ।

दिल्ली महिला आयोगले डीपफेक भिडियोको बारेमा प्रहरीलाई नोटिस जारी गरेको थियो। आयोगकी अध्यक्ष स्वाती मालिवालले यस्ता नक्कली भिडियो बनाउनेलाई कडा कारबाही गर्नुपर्ने बताएकी छन् । आईटी मन्त्री अश्विनी वैष्णवले यस मामिलामा सोसल मिडियालाई चेतावनी दिएका छन्। उनले डीपफेक प्रकरणमा सबै सोसल मिडियालाई नोटिस जारी गरी नियम पालना गर्न भनिएको जानकारी दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप