सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पृथ्वी राजमार्ग : पोखराको सेतीमा १ अर्बको लागतमा बन्ने सिग्नेचर पुल शिलान्यास

सोमबार, १७ वैशाख २०८१, १२ : २८
सोमबार, १७ वैशाख २०८१

पोखरा । पोखरा मुग्लिङ राजमार्ग अन्तर्गत पोखराको सेतीमा सिग्नेचर पुल शिलान्यास भएको छ । भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाले पुल निर्माणको शिलान्यास गरेका हुन् । 

पुल निर्माणको कार्य २०८१ भदौ २१ गते भित्र सम्पन्न गर्ने गरी रसुवा कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको छ । अहिले भइरहेको पुलको दायाँबायाँ एक–एक वटा पुल निर्माण हुनेछ । 

पुल बनाउन कुल लागत १ अर्ब ७ करोड २४ लाख २६ हजार ५ सय रुपैयाँ लाग्नेछ । पोखरा मुग्लिङ सडक स्तरोन्नति अन्तर्गत यो पुल निर्माण हुन लागेको हो । 

पुलको शिलान्यास गर्दै मन्त्री ज्वालाले तोकिएको समयमा पुल सम्पन्न गर्न निर्देशन दिए । मन्त्रालयले पूरा साथ दिने भन्दै उनले पुल समयमा सक्न अनिवार्य रहेको बताए ।

पुलले पोखराको सुन्दरतामा नयाँ आयाम थप्ने उनको भनाई छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पुल निर्माणका क्रममा आउन सक्ने सबै खाले स्थानीय अवरोधहरूको समाधान महानगरले गर्ने प्रतिबद्धता जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप