सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भोजपुरमा जसपाका दुई पालिका समिति पुनर्गठन

सोमबार, १७ वैशाख २०८१, २१ : ३६
सोमबार, १७ वैशाख २०८१

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले भोजपुर जिल्ला अन्तर्गतका दुईवटा पालिका समिति पुनर्गठन गरेको छ । जिल्लाका  टेम्केमैयङु गाउँपालिका र रामप्रसाद राई गाउँपालिका पुनर्गठन गरिएका हुन् ।

शनिबार आयोजित भेलाले विदेन राईको अध्यक्षतामा २३ सदस्यीय टेम्केमैयुङ गाउँ समिति पुनर्गठन गरेको छ । त्यस्तै आशिकमान राईको अध्यक्षतामा २१ सदस्यीय रामप्रसादराई गाउँ समिति पुनर्गठन गरिएको छ ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य गोपाल राई, किरात राष्ट्रिय समितिका मुख्यसचिव प्रशन्न राईलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप