सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
इन्द्रसरोवरका किसानलाई फूल टिप्न भ्याइ नभ्याई (तस्बिरहरू)
कर्म

इन्द्रसरोवरका किसानलाई फूल टिप्न भ्याइ नभ्याई (तस्बिरहरू)

मङ्गलबार, १८ वैशाख २०८१

मकवानपुर । उत्तरी मकवानपुरको थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकाका किसानहरू अहिले खेतबारीमा नै भेटिन्छन् । तिहार सुरु भएदेखि उनीहरूलाई भ्याइनभ्याइ छ । उनीहरू फूल टिप्ने, माला गाँस्ने, फूलका मुठ्ठी पार्ने लगायतका काममा बिहानै देखि सक्रिय हुने गरेका छन् ।

तरकारी जन्य कृषि बाली उत्पादन गर्ने सो क्षेत्रका किसानहरू सिजनका बेलामा फूल खेती पनि गर्छन् । नगदे बालीका रूपमा तरकारी खेती गर्दै आएका इन्द्रसरोवरका कृषकहरूले पछिल्लो समय फूल खती गरेर मनग्य आमदानी गरिरहेका छन् ।

कृषकहरूले हेटौँडा हुँदै काठमाडौँ जाने छोटो दुरीको मार्ग भीमफेदी कुलेखानी हुमाने तथा माततीर्थ र सिस्नेरी दक्षिणकाली सडकका किनारमा से क्षेत्रमा उत्पादित फूल विक्रीका लागि राख्ने गरेका छन् । सो सडक भएर यात्रा गर्ने जो कोही पनि फूल किन्न उनीहरुले राखेका अस्थायी टहराहरूमा रोकिने गरेका छन्  ।

पहाडी क्षेत्र र भिरालो जमिन भएको उक्त क्षेत्रको हरेक किसानले फूल खेती गरेका छन् । फूल लगाउनेहरू मध्ये अधिकांशले व्यवसायीक रूपमा विक्री गर्न फूल रोप्ने गरेका छन् । उनीहरुले उत्पादन गरेको फूल सहर किनारको स्टलसँगै काठमाडौँ र हेटौडाका बजारसम्म पुग्ने गरेको छ । काठमाडौँ र हेटौडाका फूल विक्रेताहरू बारीमा नै पुगेर फूल खरिद गर्ने गरेका छन् ।

कृषिकहरुले खेताला प्रयोग गरेर उत्पादित फूल टिप्ने र माला उन्न काम गर्छन् । उनेका माला प्रति गाटा १०० रुपैयाँ र फूल प्रतिकिलो २५० देखि ३५० रुपैयाँसम्म विक्री गर्दै आएका छन् ।

फोटोः गणेश विष्ट

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया