बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

निराशालाई भरोसामा बदल्न जनताको पक्षमा काम गर्नुपर्‍यो : सभापति बानियाँ

मङ्गलबार, १८ वैशाख २०८१, ०७ : ५७
मङ्गलबार, १८ वैशाख २०८१

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले निराशालाई भरोसामा बदल्न जनताको पक्षमा काम गर्नुपर्ने बताएका छन् । रुद्राक्ष समाज नेपालीको प्रथम साधारण सभा उद्घाटन तथा देउसी भैलो कार्यक्रममा जनतामा अहिले नेताबाट केही हुँदैन की भन्ने भान पर्न थालेको बताए ।

'अहिले देशको राजनीतिक अवस्था एकदम तरल छ । जनतालाई भरोसा जगाउने सक्नुपर्छ । जनतामा अहिले नेताबाट केही हुदैन की भन्ने भान पर्न थालेको छ,' उनी भन्छन्, 'अब यस्तो परिस्थितिमा निराशाबाट आशातर्फ लान सक्नुपर्ने परिस्थिति सृजना गर्नुपर्ने अवस्था छ । 

'अहिले पनि जनतालाई सकस परिरहेको उनको भनाइ छ । उद्योगपति , व्यापारी, किसान, मजदुर सबैलाई सकस छ । सबैलाई  गरी खान गाह्रो भएको  छ । समाजमा ठगी खाने , मागीखाने वर्गहरु बढेर गए । गरिखाने वर्ग कमजोर हुँदै गयो,'  उनले भने ।

'गरिखाने वर्गलाई अगाडी बढाउन नेपाली कांग्रेसले दह्रो आर्थिक नीति ल्याउनुपर्ने बानियाँले बताए । हामीसँगै आक्रोश पनि छ र हामीसँगै विश्वास पनि छ । जोसँग भरोसा हुन्छ त्यहिसँग आक्रोश पनि हुन्छ । जनतालाई हामीप्रति नै विश्वास छ कि यो आफैंले राम्रो गरीदिए हुन्थ्यो भन्ने जनगुनासो हामीसँगै छ,' उनले भने ।

जनताको गुनासोलाई हामीले सम्बोधन गर्ने गरी अझै राम्रो गर्न लाग्नुपर्ने बानियाँको भनाइ छ । वर्तमान व्यवस्थालाई जोगाएर जनताको अवस्था बदल्नु आजको आवश्यकता भएको सभापति बानियाँले बताए । नेपालमा गणतन्त्र जनताका लागि आएको भन्दै यसको रक्षा पनि जनताले गर्ने उनले विश्वास व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप