बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

हेटौँडामा निर्बाध विक्री भइरहेको छ प्लास्टिकका फूलमाला

मङ्गलबार, १८ वैशाख २०८१, ०८ : ४५
मङ्गलबार, १८ वैशाख २०८१

मकवानपुर । मकवानपुरमा प्लास्टिक जन्य फूल माला तथा फूलगूच्छा विक्री वितरण निषेध गरिएको छ । तर, कार्यान्वयनमा भने सम्भव हुन सकेको छैन । मकवानपुरको मुख्य बजार हेटौँडा सहितका क्षेत्रमा प्लास्टिक जन्य फूलहरू छाप्छाप्ती विक्री वितरण भइरहेको छ ।

गत कात्तिक २४ गते जिल्ला प्रशासन कार्यालय मकवानपुरले उक्त कार्यमा प्रतिबन्ध गरेको जानकारी गराउँदै सार्वजनिक सूचना समेत गरी गरेको छ । तर, निर्णय कार्यान्वयन र अनुगमन भने हुन सकेको छैन । सोही कारणले हेटौँडा बजार प्लास्टिक र कृत्रिम फूल तथा मालाहरूले भरिएका छन् ।

प्रशासन कार्यालयले सूचना जारी गरेसँगै मकवानपुरका सबै सरकारी निकायहरू बन्द भएका छन् । तिहार छुट्टी भएपछि ती कार्यालयहरू आगामी मङ्सिर १ गतेमात्र खुल्नेछ । उक्त निर्णय गरेसँगै कार्यान्वयनमा भने कसैको चासो पर्न सकेको छैन ।

वन तथा वातावरण मन्त्रालयले देशैभर र प्लास्टिकजन्य फूल गुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न पूर्ण रूपमा रोक लगाएको छ भने उक्त विषय गत २०७९ साउन ११ गतेको राजपत्रमा समेत प्रकाशन भई प्रशासन कार्यालयहरूलाई निरन्तर परिपत्र गरिएको छ । सोही अनुसार प्रशासन कार्यालयले उक्त कार्य नगर्न अनुरोध गर्दै प्रतिबन्धित कार्यहरू गरे वा प्रचलित कानुन वितरितका गतिविधि र क्रियाकलाप सञ्चालन गरेको खण्डमा कारबाही गरिने सूचनामा उल्लेख गरेको छ ।

flower (4)

प्लास्टिकजन्य फूल गुच्छा, माला लगायतका सामग्रीहरूको प्रयोग हुने गर्दा यसले वातावरण प्रदूषण हुने, स्थानीय कृषकहरूबाट उत्पादित फूलले बजार नपाउने तथा ठुलो धनराशि बाहिरिने भएकाले कृत्रिम र प्लाष्टिकका फूलहरू प्रयोग नगर्न प्रशासनले आग्रह गरेको हो । तर, नियामक निकायले ध्यान नदिँदा बजार निर्बाध रूपमा कृत्रिम र प्लास्टिकका फूल तथा मालाहरू विक्री वितरण भइरहेको छ ।

flower (3)

यता सङ्घीय सरकारले भारतीय सयपत्री फूलको माला आयातमा रोक लगाएको छ । तिहारका लागि स्वदेशी उत्पादनले आन्तरिक माग धान्न सक्ने भएकाले यस वर्ष भारतीय सयपत्री फूलको माला आयातमा रोक लगाएको हो । नियामक निकायले बजार अनुगमनमा ध्यान नदिँदा व्यापारीहरूले प्लास्टिकका फूलमालाहरु विक्री गरिरहेका छन् ।

flower (9)flower (8)flower (7)flower (6)flower (5)flower (2)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप