बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय
न्यायालय

तिहार बिदामा पनि सर्वोच्च अदालत खुला, आइतबार न्यायाधीश राउतको जिम्मेवारी

मङ्गलबार, १८ वैशाख २०८१, ०८ : ५८
मङ्गलबार, १८ वैशाख २०८१

काठमाडौँ । दीपावली अर्थात् तिहार बिदामा पनि सर्वोच्चले अत्यावश्यक सेवा दिने भएको छ । बन्दी प्रत्यक्षीकरण, निवेदन दर्ता लगायतका कामका लागि सर्वोच्च अदालत तिहार  बिदामा समेत खुला रहने भएको हो । 

सर्वोच्च अदालतले कात्तिक २६ गते आइतबारदेखि बिहीबारसम्मका लागि न्यायाधीशहरुलाई जिम्मेवारी तोकिएको छ । 

सर्वोच्च अदालतका अनुसार कात्तिक २६ गते आइतबार न्यायाधीश प्रकाशमान सिंह राउत, कात्तिक २७ गते सोमबार न्यायाधीश सपना प्रधान मल्ल, कात्तिक २८ गते न्यायाधीश हरिप्रसाद फुयाँल र कात्तिक ३० गते बिहीबार न्यायाधीश कुमार रेग्मीलाई जिम्मेवारी तोकिएको छ । 

कात्तिक २८ गते भाइटीकाको दिन भने अदालत बन्द रहनेछ ।  सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणका लागि बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म इजलास रहनेछ ।

बन्दी प्रत्यक्षीकरण लगायतका रिट दर्ता गर्नका लागि भने कर्मचारीहरु बिहान १० बजे नै अदालतमा उपस्थित हुनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप