सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

थोरङपास नजिक विदेशी पर्यटक घाइते, प्रहरीले गर्‍यो उद्धार

मङ्गलबार, २७ चैत २०८०, १९ : ५१
मङ्गलबार, २७ चैत २०८०

पोखरा । अन्नपूर्ण पदमार्ग अन्तर्गत पर्ने थोरङपास नजिक विदेशी पर्यटक घाइते भएका छन् । मनाङबाट मुस्ताङ छिर्ने क्रममा सिंगापुरका ४८ वर्षीय पर्यटक लरेन्स चन्तोय घाइते भएका हुन् । 

हाईक्याम्पमा अत्यधिक चिसोका कारण घाइते भएका उनलाई इलाका प्रहरी कार्यालय मुक्तिनाथको टोलीले उद्धार गरेको छ । पर्यटक घाइते भएको सूचना पाएपछि प्रहरी खटाएर उद्धार गरिएको मुस्ताङ प्रहरी प्रमुख डीएसपी भोज पाण्डेले जानकारी दिए । 

उनका अनुसार घाइतेको अवस्था सुधारोन्मुख छ । पर्यटक दुई जनाको टोली त्यसतर्फ गएको थियो । घाइतेलाई उपचारका लागि जोमसोम ल्याइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप