बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

कटहरिया बजारमा वर्षकै सस्तो तरकारी, किसान चिन्तित

बुधबार, १९ वैशाख २०८१, ०८ : ५९
बुधबार, १९ वैशाख २०८१

रौतहट । रौतहटस्थित उत्पादन भएको तरकारीले बजार नपाउँदा कटहरिया आसपासका किसान चिन्तित बनेका छन् । तरकारीले उचित मूल्य नपाउँदा पनि उत्पादन भएका तरकारी सस्तोमा बेच्न उनीहरू बाध्य छन् ।

अहिले काउली प्रतिकिलो १० रुपैयाँ देखि १२ , भेण्टा प्रतिकिलो १० रुपैयाँ देखि १२ , लौका गोटा १५ देखि २५, बोडी प्रतिकिलो २५ रुपैयाँ देखि ३०मा बेच्नु परेको कटहरिया नगरपालिका–५ का  रामचन्द्र साहले बताए । कटहरिया नगरक्षेत्र अन्तर्गत वडा ४ टोलापुर, बलरामपुर, वडा १ भासेढावा वडा २ जमुनियाका व्यवसायिक तरकारी खेती हुने गर्दछ।

एकजना तरकारी उत्पादन गर्ने किसान कटहरिया४ का रामदयाल महतोले सस्तोमा तरकारी बेच्दा उत्पादनमा लाग्ने खर्च पनि नउठ्ने बताए । “हामीले धेरै परीश्रम गरी तरकारी उत्पादन गरेका हुन्छौ” कृषक महतोले भने, “तर सस्तो मूल्यमा तरकारी बेच्दा उत्पादन गर्न लाग्ने खर्च पनि उठ्दैन ।”

त्यही तरकारी बेच्न बजारभर डुलाउनुपर्ने सोही ठाउँ निवासी नन्दलाल महतोले बताए। तरकारी भण्डारण गर्ने तथा जिल्ला बाहिर ढुवानी गर्ने व्यवस्था नहुँदा अहिले त्यस क्षेत्रका सबै किसान मारमा परेका छन्। यो याममा कटहरियामा हजारौं कुइन्तल तरकारी उत्पादन हुने गर्छ । तर त्यो तरकारीले उचित बजार र मूल्य नपाउँदा किसान मारमा पर्नेगरेका हुन् ।

तरकारी उत्पादक महतोले भने, “हाम्रो तरकारीले बजार मूल्य नपाउने भएकाले बिचौलियाले घरमै आएर न्यून मूल्यमा तरकारी लिएर महँगोमा बेच्ने गरेका छन् ।”

तरकारी उत्पादनका लागि बीउ खरिद गर्न, सिँचाइ गर्न, तरकारीलाई गोडमेल गर्दा निकै दुःख खेप्नुपर्ने र उत्पादन गरिसकेपछि पनि बजार नपाउँदा आफूहरु दुखी भएको उनको भनाइ थियो ।

कटहरिया क्षेत्रमा राम्रो तरकारी उत्पादन हुने भएकाले उत्पादन भएको तरकारीलाई भण्डारण र बजारीकरण गर्न स्थानीय सरकारले पहल गर्नुपर्नेमा तरकारी खेती गर्ने किसानहरूले माग गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप