बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

कतारकी राजकुमारीले नेपालको जलवायु परिवर्तनबारे सम्बोधन गर्ने

बुधबार, १९ वैशाख २०८१, १० : ३५
बुधबार, १९ वैशाख २०८१

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा हुने जलवायु परिवर्तनसम्बनधी कार्यक्रमलाई कतारकी राजकुमारीले सम्बोधन गर्ने भएकी छिन् । नेपालको जलवायु परिवर्तनबारे दुबईमा हुन लागेको कार्यक्रमलाई कतारकी राजकुमारी आस्मा अल थानीले सम्बोधन गर्ने भएकी हुन् ।

साथसाथै नामक संस्थाले दुबईमा गर्न लागेको उक्त कार्यक्रममा जलवायु परिवर्तनले पारेको असरबारे छलफल हुने संस्थाकी अध्यक्ष प्रजिता कार्कीले बताइन् । डिसेम्बर ४ दिउँसो २ बजेदेखि ३ः३० बजेसम्म ‘क्लाइमेट चेन्ज एण्ड इट्स इम्प्याक्ट अन भल्नरेबल ग्रुप्स’ (जलवायु परिवर्तन र जोखिममा रहेका समुदायमा यसको असर) शीर्षकको साइड इभेन्टमा कतारी राजकुमारी थानीले सम्बोधन गर्ने भएकी हुन् ।

कार्कीले भनिन्, ‘नेपालका सगरमाथासहितका हिमाल आरोहण गर्नुभएको कतारी राजपरिवारको सदस्यले हाम्रो निमन्त्रणा स्वीकार गर्नुभएको छ । उहाँले नेपालमा पनि लामो समयदेखि जलवायु परिवर्तनको विषयलाई नजिकबाट नियाल्नुभएको र नेपालको समुदायबारे अध्ययन गर्नुभएकोले कोप–२८ को साइड इभेन्टमा उहाँले सम्बोधन गर्नु हाम्रा लागि खुसीको विषय हो ।’ 

नेपालमा जलवायु परिवर्तनले जोखिममा रहेका महिला, बालबालिका, असहाय, अशक्त, विपन्न तथा अल्पसंख्यक समुदायमा सबैभन्दा बढी समस्या रहेको उल्लेख गर्दै नेपालको मुद्दालाई अन्तर्राष्ट्रिय समुदायलाई बुझाउन कतारी राजकुमारीको सम्बोधन फलदायी हुने अध्यक्ष कार्कीले बताइन् । अरब मुलुकमा रहेर महिला सशक्तीकरणको क्षेत्रमा काम गरिरहेकी राजकुमारी थानीले नेपालका ६ वटा हिमाल आरोहण गरेकी छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप