बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

‘दोधारा चाँदनी’ बनाउँदै नवल

बुधबार, १९ वैशाख २०८१, ११ : १२
बुधबार, १९ वैशाख २०८१

काठमाडौँ । अभिनेता, निर्माता तथा निर्देशक नवल खड्काले नयाँ फिल्म ‘दोधारा चाँदनी’ निर्माण घोषणा गरेका छन् । तिहारको अवसर पारेर उनले फिल्मको घोषणा गरेका हुन् ।

भारतले गर्ने नेपालको सीमा अतिक्रमण सुरक्षाका लागि काँडेतार गर्नुपर्ने अभियानसहित फिल्म ‘काँडेतार’ निर्माण गरेका खड्काले ‘दोधारा चाँदनी’ मा भारतले नेपाली सीमा अतिक्रमण गरेको बिषयमा कथाको रुपमा उठाउने छन् । 

सामना फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुने यो फिल्मलाई खड्काले नै निर्माण गर्नेछन् । निर्देशक र कलाकारको बिषयमा अहिले उल्लेख गरिएको छैन । ‘अहिलेलाई फिल्म मात्र घोषणा गरेका हौं । निर्देशक र कास्टबारे तिहारपछि जुट्नेछु’, खड्काले भने ।

दोधारा चादँनी नगरपालिका सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लामा पर्छ । यो नगरपालिका महाकाली नदीभन्दा पारि रहेका साविकका चाँदनी र दोधारा गाविस  समावेश गरी स्थापना भएको हो । नगरपालिकामा १० वटा वडा छन् । यस क्षेत्रमा बेला बेलामा भारतले सीमा अतिक्रमण गरेको खबर आउने गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप