बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

वैदेशिक रोजगार ठगी मुद्दामा विनोद थापा पक्राउ

आइतबार, २३ वैशाख २०८१, १३ : १५
आइतबार, २३ वैशाख २०८१

काठमाडौँ । प्रहरीले भक्तपुरको बालकोटबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मध्यपुर थिमी नगरपालिकास्थित बालकोट बस्ने ३६ वर्षीय विनोद थापा छन् ।

भोजपुर षडानन्द नगरपालिका–१ घर भएर बालकोट बस्दै आएका थापालाई वैदेशिक रोजगार ठगी मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका एकजना अधिकृतले रातोपाटीलाई बताए ।

उनलाई पक्राउ गरेर उपस्थित गराउन वैदेशिक रोजगार विभागले प्रहरीलाई पत्र पठाएको थियो । तिहार बिदा सकिएपछि उनलाई विभागमा उपस्थित गराउने प्रहरीको तयारी छ ।

आरोपित थापा एनआरएनए मलेसियाका अध्यक्ष हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप