आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रजत विजेता एरिका र प्रशिक्षक कुशललाई एसएस फाउन्डेसनको नगदसहित सम्मान

बिहीबार, २२ चैत २०८०, १९ : ३४
बिहीबार, २२ चैत २०८०

काठमाडौँ । एसएस फाउन्डेसनले १९औं एसियाली खेलकुदमा रजत पदक विजेता कराते खेलाडी एरिका गुरुङ र प्रशिक्षक कुशल श्रेष्ठलाई नगदसहित सम्मान गरेको छ । फाउन्डेसनले घट्टेकुलो सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरीसँगको सहकार्यमा नगद जनही ३१ हजार रुपैयाँले सोमबार सम्मान गरेको हो । 

दुवैलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपतिशमशेर जबराले सम्मानपत्र हस्तान्तरण गरे । नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शमशेर राणाले नगद हस्तान्तरण गरेका थिए । फाउन्डेसनका संरक्षक शोभित उप्रेती तथा अध्यक्ष मदनदास श्रेष्ठले नेपालको इज्जत बढाएको सम्मान गरिएको बताए । कार्यक्रममा दोलखाली पत्रकार समाजको अध्यक्षमा निर्वाचित भएका ज्ञानेन्द्र कार्कीलाई बधाई तथा सम्मान गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप