आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप

उपाधि यात्राबाट बाहिरिएपछि पाकिस्तानका बलिङ प्रशिक्षक मोर्केलले दिए राजीनामा

शुक्रबार, २३ चैत २०८०, १३ : १४
शुक्रबार, २३ चैत २०८०

काठमाडौँ । पाकिस्तानी क्रिकेट टोलीका बलिङ प्रशिक्षक मोर्ने मोर्केलले आफ्नो पदबाट राजीनामा दिएका छन् । पाकिस्तानी टोली भारतमा जारी आईसीसी एक दिवसीय विश्वकपको प्रारम्भिक चरणबाट बाहिरिएसँगै उनले पदबाट राजीनामा दिएका हुन् । 

पाकिस्तानी टोली जारी विश्वकपको प्रारम्भिक चरणको आफ्नो अन्तिम खेलमा पनि साबिक विजेता इङ्गल्यान्डसँग ९३ रनले पराजित भएको थियो । त्यसको दुई दिनपछि ३९ वर्षीय मोर्केलले पदबाट राजीनामा दिएका हुन् ।

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले पनि मोर्केलले राजीनामा दिएको समाचारको पुष्टि गरेको छ । मोर्केलले विश्वकपमा पाकिस्तानी टोलीको हारको जिम्मेवारी लिँदै पदबाट राजीनामा दिइएको समाचारमा जनाइएको छ ।

मोर्केलले पाकिस्तानी टोलीमा रहेर तिब्रगतिका बलरहरूलाई प्रशिक्षण दिँदै आएका थिए । दक्षिण अफ्रिकाका पूर्व खेलाडी मोर्केलले पाकिस्तान क्रिकेट बोर्डसँग गत जुनमा ६ महिनाका लागि सम्झौता गरेका थिए ।

पीसीबीले मोर्केलको स्थानमा छिट्टै नयाँ बलिङ प्रशिक्षक ल्याउने जनाएको छ । विश्वकप यात्राबाट फर्किएलगत्तै पाकिस्तानले अस्ट्रेलियासँग तीन टेस्टको शृङ्खला खेल्ने कार्यक्रम रहेको छ । पाकिस्तानी टोलीले जारी विश्वकपको प्रारम्भिक चरणमा नौमध्ये चार खेलमा मात्र जित हात पार्न सकेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप