बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

भारत-न्युजिल्यान्ड सेमिफाइनल इङ्ल्यान्ड र अस्ट्रेलियाका अम्पायरले खेलाउने

मङ्गलबार, २५ वैशाख २०८१, १२ : ४५
मङ्गलबार, २५ वैशाख २०८१

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपमा बुधबारदेखि सेमिफाइनल खेल सुरु हुँदैछ । बुधबार पहिलो सेमिफाइनल खेलमा आयोजक भारत र न्युजिल्यान्डबिच खेलिँदैछ । प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल बिहीबार दक्षिण अफ्रिका र अस्ट्रेलियाबिच खेलिनेछ । 

भारत र न्युजिल्यान्डबिच मुम्बइस्थित वानखेड स्टेडियममा खेलिने खेलमा फिल्ड अम्पायरको भूमिकामा रिचर्ड ईलिङ्वर्थ र रड्नी टस्कर रहने छन् । रिचर्ड इङ्ल्यान्डका नागरिक हुन् भने टस्कर अस्ट्रेलियन नागरिक हुन् । 

उक्त खेलमा वेस्ट इन्डिजका जोल विल्सन ‘थर्ड अम्पायर’ को भूमिकामा रहने छन् । यसका अतिरिक्त ‘फोर्थ अम्पायर’ को भूमिकामा एड्रिन होल्डस्टोक र एन्डी पाइक्रफ्ट रहने छन् । होलस्टोक दक्षिण अफ्रिका र पाइक्रफ्ट जिम्बाबेका नागरिक हुन् । 

यसैगरी दक्षिण अफ्रिका र अस्ट्रेलियाबिच बिहीबार हुने खेलमा इङ्ल्यान्डका रिचर्ड केट्लब्रघ र भारतका नितिन मेनन फिल्ड अम्पायरको भूमिकामा रहने छन् । उक्त खेलमा ‘थर्ड अम्पायर’ को भूमिकामा भने न्युजिल्यान्डका क्रिस गाफनी रहने छन् । ‘फोर्थ अम्पायर’ को भूमिकामा इङ्ल्यान्डका माइकल गफ र म्याच रेफ्रीको भूमिकामा भारतका जभागल श्रीनाथ रहने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप