आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भलिबल खेलाडी थापाको मोटरसाइकल दुर्घटनामा मृत्यु

मङ्गलबार, २५ वैशाख २०८१, १३ : ५८
मङ्गलबार, २५ वैशाख २०८१

पोखरा । भलिबल खेलाडी सन्तोष थापाको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ । 

उनी एपिएफ क्लबबाट भलिबल खेल्दै आएका थिए । थापाको स्याङजा चापाकोट २ धुर्कोटमा भलिबल खेलेर फर्किने क्रममा मोटरसाइकल दुर्घटना भएको हो । 

२२ वर्षका उनको चापाको ८ दुर्दाङमा मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ । 

एपिएफ क्लबबाट एनभिए, लामाचौर र किङ्स कप खेलेका उनले गत वर्ष नवौँ राष्ट्रिय खेलकुद तथा टाइगर कप भलिबलको तीन वटै संस्करण गण्डकी प्रदेशबाट खेलेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप