आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विदेशी पर्यटकलाई सप्तरङ्गी टीका, सयपत्रीको माला र ढाका टोपी (तस्बिरहरू)

मङ्गलबार, २५ वैशाख २०८१, २० : १३
मङ्गलबार, २५ वैशाख २०८१

पोखरा । पोखरामा रहेका पर्यटकहरूलाई तिहारको अवसरमा भाइटीका लगाइएको छ । होटल संघ पोखराले आयोजना गरेको भाइटीका महोत्सवमा विदेशीहरू सप्तरङ्गी टीका, सयपत्रीको माला र ढाका टोपीमा सजिए ।

 होटल संघले यो वर्ष १६ औँ संस्करणको भाइटीका महोत्सव गरेको हो । पछिल्ला वर्षहरूमा पर्यटकको सहभागिता समेत बढ्न थालेको आयोजकले जनाएको छ । 

संघका अध्यक्ष लक्ष्मण सुवेदीले सुरुका वर्षहरूमा खासै पर्यटकको सहभागिता नभए पनि आजभोलि निकै बढ्न थालेका बताए । ‘जसोतसो महोत्सवलाई निरन्तरता दिइयो । अचेल चाहिँ धेरै पर्यटक आउन थालेका छन्,’ उनले भने, ‘केही पर्यटक त दोहो¥याएर सहभागी हुन थाले । यो हाम्रो सम्पत्ति हो ।’ 

यो वर्ष विभिन्न १६ देशका ६८ पर्यटकले टीका लगाए । युके, अमेरिका, जर्मनी लगायत देशका पर्यटक सहभागी भएका महोत्सव संयोजक तथा होटल संघकी सचिव पार्वती पाण्डेले जानकारी दिइन् । उनका अनुसार पर्यटक प्रवर्द्धनसँगै संस्कृतिको विस्तार गर्न पनि महोत्सव फलदायी भएको छ । 

‘पर्यटकलाई नेपालको संस्कार र संस्कृतिको जानकारी गराउनु मुख्य उद्देश्य हो,’ उनले भनिन्, ‘हामी धेरै हदसम्म सफल भएका छौँ ।’ पर्यटकहरूले तिहारको अवसरमा टीका लगाउन पाउँदा प्रसन्न भएको बताए । धेरैले आफूलाई नौलो अनुभव भएको सुनाएका थिए । 

उनीहरूलाई पोखराको रेन्वो चिल्ड्रेन होमका बालिकाहरूले टीका, माला र ढाका टोपी लगाइदिएका थिए । परम्परा अनुसारको कोसेली पनि दिइएको थियो । सँगै देउसी भैलो र सांस्कृतिक कार्यक्रम पनि गरिएको थियो ।

368036227_707652557910006_2211854053167858332_n368404722_1056731435358979_2302812153607087644_n368407558_677075377736000_779600290926689584_n368835929_712065173829063_4368250270488832642_n370200527_713542714023997_7565036012718337858_n370214060_1432360313989744_4977171473509006629_n370228852_373944685065361_8866690708407720192_n370234940_6508382239287815_1072018063878702362_n370267541_914034573649870_7998352183852462801_n370291864_692116739539614_8335568776585738151_n371238799_655966383353231_5908114789656478457_n371503559_821358916407961_4918346356971171386_n386437319_721973989825891_8513083367271413420_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश ढकाल
प्रकाश ढकाल
लेखकबाट थप