आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप

३४ खेलमा अपराजित रहेपछि अस्ट्रेलियाको भोगेको त्यो नमिठो हार

बुधबार, २६ वैशाख २०८१, १० : ३९
बुधबार, २६ वैशाख २०८१

काठमाडौँ । सन् २०११ को आईसीसी एकदिवसीय विश्वकप दक्षिण एसियाली राष्ट्र भारत, श्रीलंका र बंगलादेशले संयुक्त रूपमा आयोजना गरेका थिए । त्यो विश्वकपको फाइनलमा भारतले श्रीलंकालाई हराउँदै दोस्रो पटक उपाधि हात पारेको थियो । 

तर, त्यो विश्वकपमा तत्कालीन साबिक विजेता अस्ट्रेलियासँग भने केही दुःखद संयोग जोडिएको थियो । अस्ट्रेलिया बल्लतल्ल समूहगत चरण पार गर्दै त्यो विश्वकपको क्वार्टरफाइनलमा पुगेको थियो । त्यसपछि क्वार्टरफाइलमै अस्ट्रेलियन टोली भारतसँग पराजित हुन पुगेको थियो । 

त्यो विश्वकपमा अस्ट्रेलियाको दुःखद क्षण समूहगत चरणबाटै सुरु भएको थियो । मार्च १९ तारिखमा खेलिएको समूहगत चरणको खेलमा अस्ट्रेलियन टोली पाकिस्तानसँग चार विकेटले पराजित भएको थियो । खासमा अस्ट्रेलियन टोलीका लागि त्यो हार निकै निराशाजनक थियो । त्यसअघि अस्ट्रेलियन टोली एकदिवसीय विश्वकपमा लगातार ३४ खेलमा अपराजित रहँदै आएको थियो । 

सन् १९९९ को मे २७ तारिखयता विश्वकपमा खेलेको आफ्नो ३२ खेलमा अस्ट्रेलिया विजयी भएको थियो । बाँकी एक खेल बराबरीमा सकिएको थियो भने एक खेल अनिर्णीत रूपमा टुङ्गिएको थियो ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप