आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नाना पाटेकरले बच्चालाई थप्पड हानेको विषयले बवाल

बुधबार, २६ वैशाख २०८१, ११ : ५१
बुधबार, २६ वैशाख २०८१

मुम्बई । सामाजिक सञ्जालमा अभिनेता नाना पाटेकरको एउटा भिडियो भाइरल भइरहेको छ जसमा उनले एक बच्चालाई थप्पड हानिरहेको देखिन्छ । यो भिडियो वाराणसीमा चलिरहेको ‘जर्नी’ नामक चलचित्रको सुटिङको दौरान खिचिएको भनिएको छ ।

यो भिडियो भाइरल भएपछि नाना पाटेकरले यसबारे स्पष्टीकरण दिएका छन् । नानाले सामाजिक सञ्जालमा एक भिडियो जारी गर्दै भनेका छन्, ‘सामाजिक सञ्जालमा फैलाइएको एक भिडियोलाई कयौँ व्यक्तिहरूले गलत तरिकाले व्याख्या गरिरहेका छन् । वास्तवमा जे भएको थियो, त्यो मेरो आगामी चलचित्र ‘जर्नी’ को सुटिङका लागि गरिएको रिहर्सलका दौरान गलतफहमीको नजिता हो ।’

भिडियोमा उनले सुटिङका दौरान एक बच्चालाई थप्पड हिर्काउने अभिनय गर्नुपर्ने जिकिर गरेका छन् । तर संयोगले रिहर्सलका दौरान अर्को बच्चा त्यहाँ आइपुगे र उनले ती बालकलाई चलचित्रको बालक ठानेर थप्पड हान्न पुगे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप