बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

पोखरीमा डुबेर भक्तपुरमा एकजनाको मृत्यु

बुधबार, २६ वैशाख २०८१, १२ : ११
बुधबार, २६ वैशाख २०८१

काठमाडौँ । भक्तपुरको दुघपाटीमा पोखरीमा डुबेर एकजनाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–४ स्थित नासमाना घर भएका ५३ वर्षीय सुमन राजभण्डारीको नपुखु पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले रातोपाटीलाई बताए । 

मंगलबार डुबिरहेको अवस्थामा उनलाई उद्धार गरेर उपचारको लागी भक्तपुर अस्पताल पठाइएको थियो । उपचारको क्रममा साँझ उनको मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको डिएसपी पाठकले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप