बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

‘दुई कदम’ बाट डेब्यु गर्दै इओन

बुधबार, २६ वैशाख २०८१, १२ : ३६
बुधबार, २६ वैशाख २०८१

काठमाडौंँ । नेपाली कलाक्षेत्रमा युवापुस्ताको आकर्षण बढ्दो छ । सायद, त्यसैले होला यो क्षेत्रमा भविश्य देख्ने  युवायुवतीको भिड बाक्लिँदै छ ।  यसक्षेत्रमा भबिश्य देख्नेहरु मध्य इओन लिम्बु पनि एक हुन् ।

मंसिरको २९ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘दुई कदम’ बाट उनी हिरोको रुपमा देखिँदैछन् । इओन अस्कर इन्टरनेशनल कलेजमा ‘ब्याचलर इन सिनेमा स्टडिज’ अन्तिम वर्षमा अध्ययन छन् । अध्ययनकै क्रममा फिल्म अभिनय अवसर पाएका इओन ‘दुई कदम’लाई लिएर उत्साहित छन् ।

फिल्म अध्यायन र अभिनय निकै भिन्न भएको उनले अनुभव गरेका छन् । ‘फिल्म बुझ्न अध्यायनले मात्र पुग्दैन रहेछ । फिल्ड अनिबार्य रहेछ’, इओनले भने ‘फिल्डले मानिसलाई खार्दाे रहेछ ।’ इओनको अभिनय सानैदेखिको सपना पनि थियो ।

‘दुई कदम’ बाल्यकालदेखिको सपना पुरा गरेको उनी बताउँछन् । भन्छन्, ‘अहिले म भित्र डर, उत्साह, खुशी सबै एकैपटक छ ।’   उदय सुब्बाको निर्देशन रहेको ‘दुई कदम’ प्रेमकथामा बनेको फिल्म हो । फिल्ममा इओनको चुलबुले यूवाको भूमिका छ ।

इओनले आफूले अपेक्षा गरेको भन्दा पनि राम्रो ‘दुई कदम’ बनेको बताए । फिल्ममा इओनका अलवा सिमोन गिरी, सुनिल थापा, कविता आले, सुरविर पण्डित, प्रेम सुब्बा, गौरव पहाडी, बुद्दि तामाङ, अर्जुन गुरुङ लगायतका कलाकारको अभिनय छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप