तिहारको समयमा काठमाडौँ उपत्यकाबाट १९ हजार थान पटाकासहित ८ जना पक्राउ
बुधबार, २६ वैशाख २०८१, १६ : ४८
काठमाडौँ । तिहारको समयमा काठमाडौँ उपत्यकाबाट १९ हजार १३६ थान पटाका बरामद भएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ८ हजार ८६९ थान पिस अर्थात १९ हजार १३६ थान पटाका बरामद भएको जानकारी दिएको हो ।
गत कात्तिक ११ देखि आजसम्मको विवरणअनुसार ती पटाकासहित विभिन्न ८ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार खुर्सानी पटाका २ बण्डल पनि बरामद भएको छ ।