आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

युवा यामालको कमाल, स्पेनको सहज जीत

मङ्गलबार, ०१ जेठ २०८१, ०९ : ३३
मङ्गलबार, ०१ जेठ २०८१

काठमाडौँ । १६ वर्षीय खेलाडी लामिन यामालले दोस्रो अन्तर्राष्ट्रिय गोल गर्दा स्पेनले युरो २०२४ को छनोटमा साइप्रसमाथि ३–१ को सहज जीत हासिल गरेको छ ।

गत सेप्टेम्बरमा जर्जियाविरुद्ध गोल गर्दै यामाल स्पेनका लागि सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडी बनेका थिए । बिहीबार राति भएको खेमाल बार्सिलोनाका फरवार्डले खेलको पाँचौँ मिनेटमा नै टोलीलाई अग्रता दिलाए ।

त्यसपछि मिकेल ओयार्जाबाल र जोसेलुले गोल टोलीलाई २८ मिनेटभित्र फराकिलो अग्रता दिलाए । दोस्रो हाफमा कोटास पिलेयासले साइप्रसका लागि सान्त्वना गोल फर्काए ।

स्पेन यसअघि नै प्रतियोगितामा छनोट भइसकेको छ र समूह ए मा टोली स्कटल्याण्डभन्दा २ अङ्कले अघि शीर्ष स्थानमा रहेको छ । अब अन्तिम खेलमा स्पेनले आइतबार जर्जियाको सामना गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप