आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘उफ यो मन’ सेन्सर पास

मङ्गलबार, ०१ जेठ २०८१, १० : २९
मङ्गलबार, ०१ जेठ २०८१

काठमाडौँ । फिल्म ‘उफ यो मन’ सेन्सर पास भएको छ । चलचित्र सेन्सर बोर्डले फिल्म हेर्दै युनिभर्सल सर्टिफिकेट दिएको हो । अव यो फिल्म सबैले सबैले हेर्न पाउनेछन् ।

सेन्सरले फिल्मको कथा र विषयवस्तुको तारिफ गर्दै प्रदर्शनका लागि पास गरेको निर्माता अनु शाहले बताइन् । फिल्मको पहिलो शो अमेरिकाबाट प्रदर्शन सुरु गरिनेछ भने त्यसपछि नेपाल लगायत विश्वभर प्रदर्शन हुनेछ ।

अनुराधा फिल्मस् इन्टर नेसनलको निर्माण रहेको फिल्म सुरज चन्दले निर्देशन गरेका हुन् । फिल्ममा एसराज गराच, रोहित रुम्बा, यमी दाहाल, समित गिरी, दीपक क्षेत्री, पुकार गुरुङ लगायतको अभिनय छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप