पर्वतमा आगोमा परेर एक वृद्धको मृत्यु
मङ्गलबार, ०१ जेठ २०८१, ११ : २९
पर्वत । जिल्लाको कुश्मा नगरपालिकाकामा एक पुरुषको आगोमा परेर मृत्यु भएको छ । कुश्मा नगरपालिका–१० समादी बस्ने ६९ वर्षीय लालबहादुर नेपालीको आगोले जलेर शुक्रबार मृत्यु भएको हो ।
भान्सा कोठामा अगेनाको छेउमा रहेको खाटमा सुतेका उनी खाटबाट खसेर अगेनामा परी जलेर मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । सो घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।