आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

महिला टी-२० सिरिज : नेपालले जापानलाई दियो ११४ रनको लक्ष्य

बुधबार, ०२ जेठ २०८१, ०८ : ५८
बुधबार, ०२ जेठ २०८१

काठमाडाैँ । हङकङमा जारी चार देश सम्मिलित महिला टी-२० सिरिजमा नेपालले जापानलाई ११४ रनको लक्ष्य दिएको छ।

हङकङ क्रिकेट क्लबको मैदानमा शनिबार बिहान भएको खेलमा पहिले ब्याटिङ गरेको नेपालले पूरा ओभर खेलेर ४ विकेटको क्षतिमा ११३ रन बनाएको हो। 

नेपालका लागि काजल श्रेष्ठले नटआउट १५ रन बनाइन्।त्यसअघि रूबिना क्षेत्रीले ३८ रन बनाइन्। उनले ३२ बलमा ५ चौका प्रहार गरिन्। त्यस्तै कप्तान इन्दु बर्माले ३१ बलमा २ चौका हान्दै २७ रन जोडिन्।  ओपनर  पूजा महतोले १३ रन बनाउँदा सीता रानामगरले ९ रनको योगदान गरिन्।

बलिङतर्फ जापानकी एलिना कुसुदा क्विनले २ विकेट तथा मेग ओगावा र अयुमी फुजिकावाले एक एक विकेट लिए।

लिगको दुई खेलमा पराजित भएसँगै नेपाल फाइनल पुग्न असफल भइसकेको छ। तान्जानिया र हङकङले उपाधि जित्नका लागि खेल्ने छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप