कविता
हार
बुधबार, ०२ जेठ २०८१, १२ : ००
समय फर्किन जान्दैन र यो मन पर्खिन मान्दैन
आज म अबोध बालक झैँ शिर निहुर्याइरहेछु
एउटै प्रश्न बारम्बार दोहोर्याइरहेछु
कतै म आमाको आखाँबाट आँशुसरि झरिरहेको त छैन ?
कतै म आफ्नै घर बोझ बनि बसिरहेको त छैन ?
मलाई झुल्केको घामले लुकी लुकी जिस्क्याउँछ
हावाको झोक्काले नमज्जाले गिज्याउँछ
अब साँच्चिकै यो दुःखको जालो नफुकाई फ्याँकिदिन मन छ
यो समयको पोकालाई आफूसँगै राखिदिन मन छ
तर थाहा छ
यी कोरिएका नक्साले लक्ष्य गुमाइरहेछन्
यी सझिएका सपनाले बाटो बिराइरहेछन्
र विचलित सोचहरू आपसमा जुधिरहेछन्
सायद त्यसैले
मेरा प्रश्नहरू थाकिसके
र मैले हार मानिसकेँ ।