मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

एनएसएलमा आभाष लामिछाने झापा एफसीको आइकोनिक खेलाडी

बिहीबार, ०३ जेठ २०८१, १३ : ०६
बिहीबार, ०३ जेठ २०८१

काठमाडौँ । चर्चित नेपाली फुटबलर आवाष लामिछाने नेपाल सुपर लिग (एनएसएल) को आइकोनिक खेलाडीका रुपमा झापा एफसीमा अनुबन्धित भएका छन् । आवाषलाई आगामी नेपाल सुपर लिगका लागि आइकोनिक खेलाडीका रुपमा अनुबन्ध गर्न पाउँदा आफूहरु उत्साही भएको झापा एफसीले जनाएको छ । 

आभाषले नेपाली राष्ट्रिय टोलीबाट नौ खेल जितिसकेका छन् । पारिवारिक समस्याका कारण उनी विश्वकप छनोटका लागि राष्ट्रिय टोलीमा सहभागी हुन सकेका  थियनन् । आभासले झापा एफसीमा आबद्ध हुन पाउँदा आफू निकै उत्साही भएको बताएका छन् । 

‘झापा एफसीमा आबद्ध भएर नेपालको फुटबलको विकासमा योगदान पुर्‍याउन पाउँदा म निकै गौरवान्वित भएको छु । नेपाल सुपर लिग उत्कृष्ट मञ्च हो र टोलीका लागि आफ्नो उत्कृष्ट प्रदर्शन गर्न आतुर पनि छु । पारिवारिक कारणले राष्ट्रिय टोलिका लागि खेल्न नपाउँदा भने दुःख लागेको छ । नेपाली फुटबलको विकासमा म सधैं तत्पर रहने छु,’ उनले भनेका छन् । 

आभाषको आगमनबाट झापा एफसीले उत्तिकै उत्साही बनेको छ । क्लबका प्रवक्ता सुजन गौतम भन्छन्, ‘आभाषलाई हाम्रो आइकोनिक खेलाडीको रूपमा टिममा पाउँदा निकै खुसी छौं । उनको अनुभव, सीप र खेलप्रतिको प्रतिबद्धता पनि हाम्रो दृष्टिकोणसँग पूणर्रूपमा मेल खान्छ । हाम्रो टोलीका लागि उनी महत्वपूर्ण सम्पत्ति हुनेछन् ।’ 

झापा एफसीले स्पोर्टिङ ईलामसँग मंसिर ११ गते खेल्दै नेपाल सुपर लिगको सुरूआत गर्नेछ । नेपाल सुपर लिगको दोश्रो संस्करण मंसिर ८ गतेबाट काठमाडौँको दशरथ रंगशालामा आयोजना हुँदैंछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप