मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

विश्वकप फाइनल : ११औँ ओभरमा ८१ रन बनाउँदै तीन विकेट गुमायो भारतले

बिहीबार, ०३ जेठ २०८१, १५ : १०
बिहीबार, ०३ जेठ २०८१

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको अस्ट्रेलियाविरुद्धको फाइनल खेलमा आयोजक राष्ट्र भारतले तीन विकेट गुमाएको छ । भारतले पहिलो विकेटका रुपमा ओपनर शुभमन गिललाई चार रनको ब्यक्तिग स्कोरमा गुमाएको थियो ।

गिललाई ग्लेन म्याक्सवेलले ट्राभिस हेडद्वारा क्याच गराएका थिए । गिल आउट हुँदा भारतले ४.२ ओभरमा ३० रन बनाएको थियो । त्यसपछि भारतीय टोलीका कप्तान रोहित शर्मा ४७ रन बनाउँदै आउट भए । उनले ३१ बलमा तीन छक्का र चार चौका हिर्काएका थिए ।

रोहितलाई मिचेल स्टार्कले एडम जाम्पाद्वारा क्याच गराएका थिए । ९.४ ओभरमा रोहित आउट हुँदा भारतले ७६ रन बनाएको थियो । त्यसलगत्तै भारतका अर्का ब्याट्सम्यान श्रेयस ऐयर पनि पेभेलियन फर्किएका थिए । 

चौथो नम्बरका क्रिज समाल्न आएका ऐयरलाई प्याट कुमिन्सले चार रनको ब्यक्तिगत स्कोरमा जोस इङ्लिसद्वारा क्याच गराएका थिए । १०.२ ओभरमा ऐयर आउट हुँदा भारतले ८१ रन बनाएको छ । अहिले विराट कोहली अविजित २४ रन र केएल राहुल अविजित एक रन बनाउँदै क्रिजमा छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप