मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

रसुवागढी हाइड्रोपावर १ करोड ५३ लाख घाटामा

बिहीबार, ०३ जेठ २०८१, १६ : ३३
बिहीबार, ०३ जेठ २०८१

काठमाडौँ । रसुवागढी हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ५३ लाख रुपैयाँ नोक्सान व्यहोरेको छ । चालु आर्थिक वर्षको असोजसम्ममा कम्पनीको ९८ लाख २६ हजार रुपैयाँ सञ्चालन खर्च घाटामा रहेको हो । 

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनी ९६ लाख ४३ हजार रुपैयाँ सञ्चालन घाटामा रहेको थियो । जसले गर्दा यस वर्ष पनि कम्पनीको पर्फमेन्स् कमजोर बन्न पुगेको हो । 

हाल कम्पनीको चुक्ता पुँजी ६ अर्ब ८४ करोड २१ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष ३५ करोड १३ लाख रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ९० पैसा ऋणात्मक छ । 

गत वर्ष यसको प्रतिसेयर आम्दानी १ रुपैयाँ ०४ पैसा ऋणात्मक थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ ९४ रुपैयाँ ८७ रुपैयाँ छ । हाल यस कम्पनी अन्तर्गत रसुवा जिल्लाको गोसाईंकुण्ड गाउँपालिकामा १११ मेगावाट क्षमता भएको रसुवागढी जलविद्युत आयोजनाको निर्माण कार्य भइरहेको छ । यसको ९७ प्रतिशत काम सम्पन्न भएको कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप