मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

ट्रकको ठक्करबाट महिलाको मृत्यु, कान्ति लोकपथ अवरुद्ध

बिहीबार, ०३ जेठ २०८१, १६ : ४१
बिहीबार, ०३ जेठ २०८१

काठमाडौँ । मकवानपुरको हेटौँडामा आइतबार ट्रकले ठक्कर दिँदा एक जना पैदल यात्रीको मृत्यु भएको छ । हेटौँडा– ६ चौघडामा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको हो भने घटना पछि सडक अवरुद्ध पारिएको छ ।

ट्रकको ठक्करबाट हेटौँडा उपमहानगरपालिका वडा नम्बर–६, चौघडाकी ३६ वर्षीय निरा बजगाईँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार बजागाईंलाई कान्ति लोक पथअन्तर्गत हेटौँडा ६ स्थित शान्ति टोलमा हेटौँडा शिवम् सिमेन्ट फ्याक्ट्रीबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना.७ ख १८१६ ट्रकले ठक्कर दिएको थियो । बजगाईँको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

बजगाईँको मृत्युपछि आक्रोशित बनेका स्थानीयले कान्ति लोक पथ सडक अवरुद्ध पारेका छन् । उनीहरुले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने र उचित क्षतिपूर्ति दिनुपर्ने माग राखेका छन् ।

सडक खुलाउन घटनास्थलमा करिब एक सय जना सशस्त्र र जनपथ प्रहरी परिचालन गरिएको छ । ट्रक तथा चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप