आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
दुर्घटना

इलाम दुर्घटना अपडेट : एक बालकको मृत्यु, घाइतेसहित बसमा सवारको नाम सार्वजनिक

बिहीबार, ०३ जेठ २०८१, २० : ००
बिहीबार, ०३ जेठ २०८१

विराटनगर । इलामको रोङ गाउँपालिकास्थित किटानी भन्ने स्थानमा भएको बस दुर्घटनामा एक बालकको मृत्यु भएको छ । दुर्घटनामा परी धनुषाधाम–९ धारापानी बस्ने १२ वर्षीय बालक अर्पण लामाको मृत्यु भएको हो । 

दुर्घटनामा परी दुई जना गम्भीर घाइते भएका छन् । बसमा सवार अन्यको भने अवस्था सामान्य रहेको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । 

धनुषाको धनुषाधामस्थित धारापानीबाट उक्त टोली इलाम घुम्न आएको थियो । घाइतेहरुको झापास्थित बिएण्डसी अस्पतालमा उपचारका लागि लगिएको यादवले जानकारी दिए ।

12

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप