छठ पर्व
छठ पर्व : बारामा अस्ताउँदो सूर्यलाई दिइयो अर्घ, तस्बिरहरु
बिहीबार, ०३ जेठ २०८१, २० : २९
बारा । छठ पर्वका तेस्रो दिन बाराको विभिन्न स्थानहरूमा व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् ।
चार दिनसम्म मनाइने छठको तेस्रो दिन व्रतालुहरुले आज ताल, तलैया, पोखरीहरुमा अस्ताउँदो सूर्यलाई अर्घ दिएका हुन् । तराईमा विशेष रुपमा मनाइने छठ पर्व भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत् रुपमा सम्पन्न हुन्छ ।
छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासनाको पर्व हो । छठ पर्वको उपलक्ष्यमा बारामा प्राकृतिक वा कृत्रिम रुपमा बनेका ताल तलैया, खोलानालाहरुलाई दीपावली सम्पन्न भएलगत्तै चिटिक्क पारेर सजिसजाउ गरिएको थियो ।