मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

पोखरामा मंसिर ७ देखि केपी ओली कप क्रिकेट हुँदै, तालिका सार्वजनिक

शुक्रबार, ०४ जेठ २०८१, ०७ : १५
शुक्रबार, ०४ जेठ २०८१

 

पोखरा । पोखरामा मंसिर ७ गतेदेखि केपी ओली राष्ट्रिय कप टि–२० क्रिकेट प्रतियोगिता हुँदैछ । प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीले खेल तालिका सार्वजनिक गरेको हो । 

प्रतियोगितामा १२ टीमको सहभागिता रहने एकेडेमीको क्रिकेट विभाग संयोजक एवं पूर्व राष्ट्रिय खेलाडी शक्ति गौचनले जानकारी दिए । त्रिभुवन क्लव, एपिएफ क्लव र नेपाल पुलिस क्लव ससहित कोशी, बागमती, मधेश, गण्डकी, लुम्विनी, कर्णाली र सुदूर पश्चिम प्रदेश पनि सहभागी हुनेछ । एकेडेमीले आफ्ना दुई टिम उतार्ने बताएको छ । 

एकेडेमीले देशभरीबाट २ सय भन्दा बढी खेलाडीबाट टीम तयार गरेको गौचनले बताए । खेल तालिका अनुसार ग्रुप ‘ए’ मा बागमती प्रदेश, कर्णाली प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी रातो, ग्रुप ‘बी’ मा एपिएफ, लुम्विनी र गण्डकी, ग्रुप ‘सी’ मा नेपाल पुलिस, मधेश प्रदेश र सुदुर पश्चिम तथा ग्रुप ‘डि’ मा त्रिभुवन आर्मी क्लव, कोशी प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी निलो छन् । 

मंसिर १५ गते सम्म चल्ने प्रतियोगितामा हरेक दिन दुईवटा खेल हुनेछन् । उद्घाटन खेलमा बागमती प्रदेश र आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी रातोका बीच प्रतिश्पर्धा हुनेछ । 

उपाधी विजेता टिमले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार पुरस्कार पाउनेछन् । हरेक खेलमा म्यान अफ दि म्याच र प्रतियोगिताको वेष्ट व्याटर तथा बलरलाई समेत पुरस्कार राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप