मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

हेरिटेज प्याजेन्टस् थाइल्याण्डमा सुरु

शुक्रबार, ०४ जेठ २०८१, १० : ५१
शुक्रबार, ०४ जेठ २०८१

काठमाडौंँ । सौन्दर्य प्रतियोगिता मार्फत् मौलिक परम्परा, संस्कार, कला संस्कृति, इतिहासलाई सम्वर्द्धन र प्रवर्द्धनमा योगदान दिने उद्देश्य सहित आयोजना हुँदै आएको अन्तर्राष्ट्रिय प्रतियोगिता हेरिटेज प्याजेन्टस् आइतबारबाट औपचारिक सुरु भएको छ ।  थाइल्याण्डको राजधानी बैंकक सहरमा नेपाल लगायत विश्वका दुई दर्जन बढी मुलुकका करिब पचास सहभागीको सहभागितासँगै सुरु भएको प्रतियोगितामा सहभागीहरूलाई उनीहरूको देशको पहिचान दिने अफिसियल स्यास वितरणसँंगै प्रतियोगिताले गति लिएको हो । 

अफिसियल स्यासको वितरण प्रतियोगिताका आयोजक संस्था ईप्लानेट सिंगापुर पिटिई लिमिटेडका सिंगापुरका अध्यक्ष सन्तोष सापकोटा र इन्टरनेसनल निर्देशक सुसान कोहले गरेका थिए । प्रतियोगिता अन्तर्गत इभिनिङ गाउन, नेसनल कस्ट्युम पहिरनको फोटो सुट समेत भैसकेको छ । 

 प्रतियोगिता अन्तर्गत वातावरणीय महत्वलाई उजागर गर्ने कार्यशाला पनि सञ्चालन गरिएको छ । जसअन्तर्गत अर्ग्यानिक मलको उपयोगिता र उत्पादन बारे कार्यशाला सञ्चालन गरिएको थियो । कार्यशाला मिसेस् हेरिटेज इन्टरनेसनल २०२२ फोन्टिप सृवान्र्युले गरेकी थिइन् । यस बाहेक कल्चुरल टेबल डिस्प्ले, प्रेस प्रेजेन्टेसन, थाइल्याण्डको ऐतिहासिक शहर आयुथयाको भ्रमण लगायतको गतिविधि सञ्चालन भइसकेको छ । 

ईप्लानेट सिंगापुर पिटिई लिमिटेडको आयोजनामा आगामी नोभेम्बर २५ तारिखका दिन थाईल्याण्डको बैंकक सहरस्थित ईएससि पार्क होटलमा प्रतियोगिताको फाइनल प्रतिस्पर्धा सञ्चालन हुँदै छ । प्रतियोगितामा नेपाल लगायत विश्वका २२ मुलुकका करिब चार दर्जन प्रतियोगीहरू विभिन्न विधामा प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको कोरियोग्राफी र स्टेज प्रस्तुतीकरण जिम्मेवारी नेपाल फेसन कोरियोग्रफार रोजिन शाक्य र मलेसियाका स्टेज कोरियोग्राफर वेस्ली शले सम्हालेका छन् । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप