आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कार दुर्घटनामा निर्माता किरण नेपाली घाइते

शुक्रबार, ०४ जेठ २०८१, ११ : २४
शुक्रबार, ०४ जेठ २०८१

काठमाडौंँ । फिल्म निर्माता किरण नेपाली कार दुर्घटनामा परि घाइते भएका छन् । सिन्धुलीबाट काठमाडौँ फर्किने क्रममा आइतबार दिउँसो उनी चढेको कार सिन्धुलीको चौकीटार भन्ने स्थानमा दुर्घटनामा परेको हो ।

पिच गर्दै गरेको बाटोमा ढुंगा छल्न खोज्दा कार सडकबाट ५० मिटर तल झरेको थियो । घाइते नेपालीलाई आइतबार साँझ नै ट्रमा सेन्टरमा भर्ना गरिएको छ ।

दुर्घटनामा आफ्नो हात, खुट्टामा चोट लाग्नुको अलवा ढाडको हड्डी समेत भाच्चिएको निर्माता नेपालीले बताए । कार उनका साथी राजु थापामगरले चलाएका थिए । थापा मगर भने सामान्य घाइते भएका छन् । 

निर्माता नेपालीले फिल्म ‘पोई पर्यो काले’, ‘२ नम्बरी’ र ‘हात्तीछाप’ निर्माण गरेका छन् । उनको निर्माण रहेको फिल्म ‘हात्तीछाप’ माघको २६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।

निर्माता नेपालीले राजु गिरी निर्देशित प्रदर्शनको तयारीमा रहेको फिल्म ‘नम्बरी सुन’ मा कलाकारको रुपमा अभिनय समेत गरेका छन् । किरण पछिल्लो समय फिल्म ‘सोली डोली’ निर्देशन तयारमिा पनि छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप