आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इलाम दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३ पुग्यो

शुक्रबार, ०४ जेठ २०८१, १२ : ५०
शुक्रबार, ०४ जेठ २०८१

विराटनगर । इलामको रोङ गाउँपालिकास्थित किटानी भन्ने स्थानमा आइतबार भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । धनुषाधाम–९ धारापानी बस्ने वर्ष १२ का बालक अर्पण लामाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य ३६ जना घाइते भएका थिए ।

घाइतेमध्ये धनुषाधाम–९ धारापानी कै वर्ष ३५ की मनवति लामा र वर्ष ६० कि शान्तमाया तामाङको मृत्यु भएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएका छन् ।

मनवतीको उपचारको क्रममा हिंजो राती ८ बजेर ४० मिनेट जाँदा मृत्यु भएको हो भने तामाङको आज बिहान ९ बजेर २० मिनेटमा मृत्यु भएको हो ।  अन्य घाइते सबैको झापा विर्तामोडको बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

मृत्यु भएकाहरुको शव अस्पतालमै रहेको छ ।  प्रहरीले बसका चालकलाई आइतबार राती नै पक्राउ गरेको प्रहरीले जनाएको छ । 

यस्तै घाइतेमध्ये ३५ वर्षका अनिल परियारको अवस्था अझै गम्भीर रहेको प्रहरीले जनाएको छ । धनुषाको धनुषाधामस्थित धारापानीबाट उक्त टोली इलाम घुम्न आएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप