आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बल्खुबाट स्रोत नखुलेको रकमसहित दुईजना पक्राउ

मङ्गलबार, ०४ वैशाख २०८१, १३ : ११
मङ्गलबार, ०४ वैशाख २०८१

काठमाडौँ ।  काठमाडौँ महानगरपालिका-१४ बल्खु चोकबाट स्रोत नखुलेको नगद ४ लाख ९ हजार रुपैयाँसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा काठमाडौँ ठमेल डेरा गरी बस्ने चीन घर भएका ३८ वर्षीय झाङ्ग विङ्ग र काठमाडौँ नैकाप डेरा गरी बस्ने बानियाँटार घर भएकी २५ वर्षीया सरिता खड्का रहेका छन् । प्रहरी प्रभाग बल्खुबाट खटिएको प्रहरीले बा.प्र ०२-०४४ प २६११ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप