आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश सरकार विस्तारको विषयमा नेताहरूबिच छलफल

मङ्गलबार, ०४ वैशाख २०८१, १३ : ५२
मङ्गलबार, ०४ वैशाख २०८१

बुटवल । लुम्बिनी प्रदेश सरकार विस्तारका सन्दर्भमा नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्व अर्थमन्त्री वर्षमान पुन ९अनन्त० र नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनबिच छलफल भएको छ ।  
दाङको  चोखेरामा भएको छलफलमा लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, पूर्व सभामुख ओनसरी घर्ती र माओवादी संसदीय दलका नेता जोखबहादुर महराको पनि सहभागिता रहेको बताइएको छ । 

 भेटघाटमा सरकार विस्तार गर्दा  मन्त्रालय थप्ने या नथप्ने विषयमा सामान्य छलफल  भएको जनाइएको छ । यसैगरी संसदीय समिति सभापतिको विषयमा पनि सामान्य छलफल भएको नेताहरुले बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप