आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यूएफओ देखिएको भन्दै भारतको विमानस्थल बन्द गरियो, लडाकु विमान पठाइयो

मङ्गलबार, ०४ वैशाख २०८१, १७ : १४
मङ्गलबार, ०४ वैशाख २०८१

इम्फाल । भारतको इम्फालमा एक अज्ञात उडान वस्तु (यूएफओ) देखिएको खबरपछि वायु सेनाले यसलाई पत्ता लगाउन दुई राफेल लडाकु विमानहरू पठाउनु परेको घटना बाहिर आएको छ । यसबाहेक भारतको वायु रक्षा प्रणाली पनि तुरुन्तै सक्रिय गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तर, वायुसेनाले अहिलेसम्मको अनुसन्धानमा केही फेला पारेको छैन । 

समाचार एजेन्सी एएनआईले रक्षा स्रोतलाई उद्धृत गर्दै भनेको छ, ‘विमानस्थलबाट सूचना पाएपछि वायुसेनाको पूर्वी कमाण्डले एक(एक गरी दुईवटा राफेल पठायो तर हामीले आकाशमा कतै पनि कुनै वस्तु देखेनौँ ।’  राफेल लडाकु विमान पश्चिम बंगालको हाशिमारा एयरबेसमा तैनाथ गरिएको छ। यो चीनको सीमा नजिकै रहेका धेरै वायुसेना अड्डाहरूबाट उडान जारी राख्छ। 

वायुसेनाले नोभेम्बर १९ मा यूएफओ केसमा वायु रक्षा प्रणाली सक्रिय भएको पुष्टि गरेको थियो। पछि पूर्ण छानबिनपछि मात्र इम्फाल एयरपोर्टलाई उडान सञ्चालनका लागि अनुमति दिइएको थियो। एयर ट्राफिक कन्ट्रोल (एटीसी) ले १९ नोभेम्बर दिउँसो २ः ३० बजे इम्फाल एयरपोर्टमा यूएफओ देखेको दाबी गरेको थियो। त्यसपछि एयर इन्डियाका दुई र इन्डिगोको एउटा उडानलाई अवतरण गर्न अस्वीकार गरिएको थियो । उही समयमा, इम्फाल आउँदै गरेको दुई उडानहरू कोलकाता डाइभर्ट गरियो। 

एयर इन्डियाको फ्लाइटमा दिल्ली जाँदै गरेको एक महिला यात्रुले भनिन्, ’प्लेनमा चढ्ने काम दिउँसो ३ बजे सकिएको थियो तर साँझ ६ बजेर १० मिनेटमा टेकअफको क्लियरेन्स दिइएको थियो । यसले यात्रुहरू डराएका थिए ।’  नाम नबताउने सर्तमा विमानस्थलका एक अधिकारीले करिब एक घण्टासम्म आकाशमा ठुलो वस्तु उडेको देखिएको बताए ।  –दैनिक भास्कर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप