आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

धनगढी एफसीमाथि बुटवल लुम्बिनी एफसीको जित

मङ्गलबार, ०४ वैशाख २०८१, १८ : ३३
मङ्गलबार, ०४ वैशाख २०८१

बुटवल । नेपाल सुपर लिगको दोस्रो संस्करणको तयारीमा रहेको बुटवल लुम्बिनी एफसीले धनगढी एफसीमाथि जित निकालेको छ ।

दुई मैत्रीपूर्ण खेलमा बुटवल लुम्बिनी एफसीले  धनगढी एफसीमाथि जित निकालेको हो । 

बुटवलस्थित एन्फा एकेडेमीको मैदानमा सोमबार भएको दोस्रो खेलमा बुटवल लुम्बिनी एफसीले २—१ गोलको जित निकालेको छ । 

यसअघि शनिबार भएको पहिलो खेलमा बुटवल लुम्बिनीले एफसीले १—० गोलको जित निकालेको थियो ।

बुटवल लुम्बिनी एफसीका प्राविधिक प्रमुख याम बहादुर गुरुङले खेलाडीहरूका बिचमा आत्मीयता विकासका लागि खेल आयोजना गरिएको बताए ।  

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप