आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नवलपरासीमा महिला संघको पदस्थापन

मङ्गलबार, ०४ वैशाख २०८१, २० : ०६
मङ्गलबार, ०४ वैशाख २०८१

बुटवल । नेपाल महिला संघ जिल्ला समिति पश्चिम नवलपरासीको तदर्थ समितिको पदस्थापन तथा शपथ ग्रहण गरिएको छ । सोमबार एक कार्यक्रमका बिच नेपाल महिला संघ पश्चिम नवलपरासीको पदस्थापन तथा शपथ ग्रहण गरिएको हो । 

परासीस्थित बिपी स्मृति भवन परिसरमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो । 

महिला संघकी सभापति तारा देवी भण्डारीको अध्यक्षता तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलको प्रमुख अतिथ्यता कार्यक्रम सम्पन्न भएको छ । 

कँडेलले पार्टीमा महिला संघको  महत्पूर्ण भूमिका रहेको बताए । उनले महिला संघले पार्टीमा थुप्रै गुन लगाएको पनि बताए ।  

कांग्रेसका नेता एवं सांसद विनोद चौधरीले  स्थानीय तह, प्रदेश र केन्द्रीय तहसम्म  महिलाको उचित व्यवस्थापनका लागि पार्टीले पहल गर्नुपर्ने बताए । 

सो क्रममा प्रदेश सभा सदस्य बैजनाथ जयसवाल,  कांग्रेसका नेता मोहन शर्मा, महिला संघकी केन्द्रीय सदस्य कमला तिवारीलगायतले संगठन बिस्तारबारे आफ्नो धारणा राखेका  थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप