आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दाङमा दाजुभाइ मृत फेला

मङ्गलबार, ०४ वैशाख २०८१, २१ : ५३
मङ्गलबार, ०४ वैशाख २०८१

दाङ । दाङमा एकै घरका दाजुभाइ मृत फेला परेका छन् । जिल्लाको तुलसीपुर उपमहानगरपालिका १६ डोक्रेना घर भई तुलसीपुर उपमहानगरपालिका ६ मा कोठा भाडामा बस्दै आएका ३४ वर्षीय पूर्णबहादुर बस्नेत र  ३० वर्षीय टेकबहादुर बस्नेत सोमबार मृत फेला परेका हुन् । इलाका प्रहरी कार्यालय तुलसीपुरले बस्नेत दाजुभाइ मृत फेला परेको पुष्टि गरेको छ । 

प्रहरीका अनुसार उनीहरू बस्ने घरमा घरबेटी बस्दैनथे । पूर्ण परिवारका साइँला र टेकबहादुर कान्छा सन्तान रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए ।

मृतक टेकबहादुरकी श्रीमती रुकुम पश्चिमस्थित माइतीमा गएकाले उनी फर्केपछि मात्रै शव निकाल्ने प्रहरीको भनाइ छ । मङ्गलवार मात्रै शव निकालेर पोस्टमार्टम गरेपछि घटनाका बारेमा विस्तृत विवरण आउने प्रहरी नायव उपरीक्षक पोखरेलले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप